Skip to main content

मेरो एक्सेस कीले काम गरेन भने के गर्नु पर्छ?

तपाईंले त्रुटिसम्बन्धी निम्न म्यासेज प्राप्त गर्नुभयो भने: “तपाईंको एक्सेस की अवैध छ जस्तो देखिन्छ। तपाईंले त्रुटिसम्बन्धी यो म्यासेज फेरि प्राप्त गर्नुभयो भने कृपया आफ्ना सेवा प्रबन्धकलाई सम्पर्क गर्नुहोस्।” यो समस्या निवारण गर्न तल दिइएका चरणहरू पूरा गर्नुहोस्:

  1. तपाईं क्लिपबोर्डमा स्वतः कपी नहुन सक्ने सुरुका पाँच वटा वर्ण “ss://” समावेश गरी पूर्ण एक्सेस की हाल्दै हुनुहुन्छ भन्ने कुरा सुनिश्चित गर्नुहोस्। पूर्ण एक्सेस कीको उदाहरण तल दिइएको छ (यो नमुना मात्र हो; यसले काम गर्दैन):
ss://[email protected]:39485/?outline=1
  1. तपाईंको एक्सेस की क्लिपबोर्डमा कपी नै भएन भने तपाईंको म्यासेजिङ एप वा प्लेटफर्मका कारण यसो भएको हुन सक्छ। तपाईंले आफ्नो कन्ट्याक्ट लिस्टमा नभएका कुनै व्यक्तिबाट म्यासेज प्राप्त गर्दा यस्तो हुने प्रबल सम्भावना हुन्छ। तपाईं म्यासेजमा भएको कोड कपी गर्दै हुनुहुन्छ भने प्रेषकलाई आफ्नो कन्ट्याक्ट लिस्टमा समावेश गरिएको छ भन्ने कुरा सुनिश्चित गर्नुहोस् अनि फेरि लिंक एक्सेस गर्ने प्रयास गर्नुहोस्।
  2. तपाईंले चरण १ र २ पूरा गरेपछि पनि त्रुटिसम्बन्धी यो म्यासेज प्राप्त गरिराख्नुभएको छ भने यो सर्भर ब्लक गरिएको हुन सक्ने प्रबल सम्भावना छ वा यो एक्सेस की अबदेखि वैध छैन। तपाईं सेवा प्रबन्धक हुनुहुन्छ भने आफ्ना लागि नयाँ की सिर्जना गरी हेर्नुहोस्। अन्यथा आफ्ना सेवा प्रबन्धकलाई सम्पर्क गरेर आफ्ना लागि नयाँ की सिर्जना गरिदिन अनुरोध गर्नुहोस्।