मेरो डिभाइस Outline को सर्भरमा कनेक्ट भए तापनि म किन इन्टरनेट एक्सेस गर्न सक्दिनँ?
तपाईं मोबाइल फोन प्रयोग गर्दै हुनुहुन्छ भने मोबाइल डेटा र Wi-Fi कनेक्सनका बिचमा अदलबदल गरी हेर्नुहोस्। कहिलेकाहीँ एक प्रकारको नेटवर्कले काम नगर्दा अर्को प्रकारको नेटवर्कले भने काम गर्छ। तपाईं कम्प्युटर प्रयोग गर्दै हुनुहुन्छ भने ब्रोडब्यान्डबाट डिस्कनेक्ट गरेर फेरि कनेक्ट गरी हेर्नुहोस्।
तपाईंले यसपछि पनि समस्याको सामना गरिरहनुभएको छ भने Outline को सर्भरमा कुनै समस्या हुने सम्भावना हुन्छ। आफ्नोसेवा प्रबन्धकलाई सम्पर्क गरेर कुनै वैकल्पिक सर्भरको नयाँ एक्सेस की माग्नुहोस्। तपाईंकोhttps://google-jigsaw--jigsawuat.sandbox.my.site.com/outline/s/article/Terminology[एक्सेस की](/about/terminology)को कोटा नाघिसकेका खण्डमा पनि उहाँ उक्त एक्सेस कीको डेटाको सीमा बढाउन सक्नुहुन्छ।