म आफ्नो डिभाइस किन Outline सेवामा कनेक्ट गर्न सक्दिनँ?
तपाईंले आफ्नो डिभाइस Outline सेवामा कनेक्ट गर्न नसक्नुका केही कारणहरू यस प्रकार छन्:
- तपाईंको डिभाइस/client/troubleshooting/connection-issues#Oneइन्टरनेटबाट डिस्कनेक्ट भएको छ#Internetissues**।**कहिलेकाहीँ तपाईंको डिभाइसमा नेटवर्क कनेक्सन रोकिन सक्छ र नेटवर्कका आइकनहरू अपडेट गर्न केही समय लाग्न सक्छ। तपाईंको डिभाइस स्थानीय नेटवर्कमा कनेक्ट भएको तर इन्टरनेट नचलेको पनि हुन सक्छ।
- तपाईंको/client/troubleshooting/connection-issues#Twoनेटवर्कको फायरवालले#FirewallIssues**#FirewallIssuesOutline को सर्भरको एक्सेस ब्लक गरिरहेको छ।**तपाईं विद्यालय वा कार्यालयको नेटवर्क वा निःशुल्क वायरलेस नेटवर्क जस्ता सार्वजनिक Wi-Fi नेटवर्क प्रयोग गर्दै हुनुहुन्छ भने यस्तो हुनु सामान्य कुरा हो।
- तपाईंको डिभाइसमा/client/troubleshooting/connection-issues#ThreeOutline को सर्भरको एक्सेस ब्लक गरिरहेको फायरवाल वा एन्टिभाइरस सफ्टवेयर#SoftwareIssuesइन्स्टल गरिएको छ।
- तपाईंकोफोन डिभाइसका सेटिङपरिवर्तन गर्नु पर्ने हुन सक्छ।
- तपाईंको सेवा प्रबन्धकलेयो सर्भर मेटाउनुभएको हुन सक्छ वा तपाईंको ISP ले तपाईंको अनुरोध ब्लक गरिरहेको हुन सक्छ ।
इन्टरनेट कनेक्सनसम्बन्धी समस्याहरू:
जाँच गर्ने तरिका:
Outline बन्द गर्नुहोस् र तपाईंको इन्टरनेट कनेक्सन रिस्टोर भएको छ कि छैन हेर्नुहोस्।
- रिस्टोर भएको छ भने तलका समस्या निवारणका थप विकल्पहरू हेर्नुहोस्।
- रिस्टोर भएको छैन भने केही बेर पर्खेर तपाईंको कनेक्सनसम्बन्धी सेटिङ स्वतः अपडेट हुन्छ कि हुँदैन हेर्नुहोस्।
समस्या निवारण गर्नका निम्ति गर्नु पर्ने कार्यहरू:
आफ्नो डिभाइस फेरि इन्टरनेटमा कनेक्ट गर्नुहोस्:
- अर्को डिभाइस सोही नेटवर्कमा कनेक्ट हुन सक्छ कि सक्दैन भनेर जाँच गर्नुहोस्। अन्य डिभाइसहरू सोही नेटवर्कमा कनेक्ट गर्न सकिँदैन भने उक्त नेटवर्क नचलिरहेको हुन सक्छ। यस्तो अवस्थामा तपाईंले उक्त नेटवर्क चल्न नथालुन्जेल पर्खनु पर्ने हुन्छ वा यो समस्या निवारण गर्नु पर्ने हुन्छ।
- अन्य डिभाइसहरू सोही नेटवर्कमा कनेक्ट गर्न सकिन्छ भने तपाईं निम्नमध्ये एक वा एकभन्दा बढी उपायहरू अपनाएर आफ्नो डिभाइस फेरि उक्त नेटवर्कमा कनेक्ट गर्न सक्नुहुन्छ:
- डिभाइस हवाइजहाज मोडमा राख्नुहोस् (मोबाइल)
- डिभाइस रिस्टार्ट गर्नुहोस्
- डिभाइस सट डाउन गर्नुहोस्, २ मिनेट पर्खनुहोस्, डिभाइस फेरि अन गर्नुहोस्
नेटवर्कको फायरवालसम्बन्धी समस्याहरू:
जाँच गर्ने तरिका:
- आफ्नो हालको Wi-Fi वा तारयुक्त नेटवर्कबाट डिस्कनेक्ट गर्नुहोस्।
- मोबाइल नेटवर्क जस्तो अर्को नेटवर्कमा कनेक्ट गर्नुहोस्
- Outline को सर्भरमा फेरि कनेक्ट गर्ने प्रयास गर्नुहोस्
तपाईंले अर्को नेटवर्कमा हुँदा कनेक्ट गर्न सक्नुभयो भने यो तपाईंको समस्या हो।
समस्या निवारण गर्नका निम्ति गर्नु पर्ने कार्यहरू:
सेवा प्रबन्धकलाई सम्पर्क गर्नुहोस् र उहाँलाई Outline को सर्भरको एक्सेस दिन अनुरोध गर्नुहोस् वा अर्को नेटवर्क प्रयोग गरिराख्नुहोस्।
फायरवाल वा एन्टिभाइरस सफ्टवेयरसम्बन्धी समस्याहरू:
जाँच गर्ने तरिका:
अर्को डिभाइसबाट Outline मा कनेक्ट गरी हेर्नुहोस्।
ख्याल गर्नुहोस्: अर्को डिभाइसमा Outline प्रयोग गर्न तपाईंसँग एक्सेस की र Outline एप हुनु पर्ने हुन्छ भन्ने कुरा याद राख्नुहोस्।
समस्या निवारण गर्नका निम्ति गर्नु पर्ने कार्यहरू:
आफ्नो फायरवाल वा एन्टिभाइरस सफ्टवेयरका सेटिङ जाँच गरी तिनलाई VPN र Outline को ट्राफिक प्रयोग गर्ने अनुमति दिने गरी सेट गरिएका छन् भन्ने कुरा सुनिश्चित गर्नुहोस्।
डिभाइसका सेटिङ:
जाँच गर्नु पर्ने कुराहरू:
Android का हकमा:
- सेटिङ एप खोल्नुहोस्।
- आफ्नो डिभाइसमा VPN सम्बन्धी सेटिङ खोज्नुहोस्। (VPN सम्बन्धी सेटिङले तपाईंलाई हाल तपाईंको फोनको एक्सेस भएका सबै VPN एपहरू देखाउने छ।)
- तपाईंले VPN सम्बन्धी सेटिङमा Outline देख्नुभएन भने Outline अनइन्स्टल गरी फेरि इन्स्टल गर्नुहोस्। डिभाइसले Outline इन्स्टल भएपछि त्यसलाई स्वतः एक्सेस दिन्छ।
तपाईंले आफ्नो Android डिभाइसमा कुनै पनि स्क्रिनमा ओभरले गर्ने एप इन्स्टल गर्नुभएको छैन भन्ने कुरा सुनिश्चित गर्नुहोस्। यस्तो खालको एपका कारण Outline को "अनुमति" विन्डो फोरग्राउन्डमा नदेखिने गरी ब्याकग्राउन्डमा चल्न सक्छ।
आफ्नो Android डिभाइसबाट "सेटिङ > एपहरू > एपको विशेष एक्सेस" मा जानुहोस्। त्यसपछि "अन्य एपमाथि देखाउनुहोस्" मा ट्याप गर्नुहोस्। तपाईं यो कार्य गर्ने अनुमति दिने सबै एपहरूको एक्सेस हटाउन सक्नुहुन्छ।
iOS का हकमा: सहायतासम्बन्धी यो लेख पढ्नुहोस्।
सर्भरसम्बन्धी समस्याहरू:
जाँच गर्ने तरिका:
तपाईंसँग एकभन्दा बढी सर्भरको एक्सेस छ भने अर्को सर्भरमा कनेक्ट गरी हेर्नुहोस्।
समस्या निवारण गर्नका निम्ति गर्नु पर्ने कार्यहरू:
सर्भर मेटाइएको छ कि छैन भन्ने कुरा थाहा पाउन आफ्नो सेवा प्रबन्धकलाई सम्पर्क गर्नुहोस्। त्यसो भएका खण्डमा उहाँसँग अर्को सर्भरकोएक्सेस की माग्नुहोस्।
तपाईंले कुनै सर्भर सेटअप गर्नुभएको छ भने Outline म्यानेजर वा SSH जस्तो अर्को विधिमार्फत उक्त सर्भरमा कनेक्ट गरी हेर्नुहोस्। यसो गर्दा पनि समस्या समाधान भएन भने तपाईं क्लाउड प्रदायकको कुनै कन्सोल (कुनै भएमा) जाँच गरी यो सर्भर अझै अनलाइन भए नभएको कुरा हेर्न सक्नुहुन्छ।