Skip to main content

फायरवालसम्बन्धी त्रुटिहरू

तपाईंले सामना गर्न सक्ने फायरवालसम्बन्धी समस्याहरू तीन प्रकारका हुन्छन्:

कुनै नेटवर्कको फायरवालले तपाईंलाई ब्लक गरेको हुन सक्छ।

तपाईं विद्यालय वा कार्यस्थल जस्ता ठाउँमा फायरवाल भएको नेटवर्कमा कनेक्ट भएका बेला Outline इन्स्टल गर्ने प्रयास गर्दै हुनुहुन्छ भने अर्को नेटवर्कमा हुँदा त्यसलाई इन्स्टल गरी हेर्नुहोस्।

यो उपायले काम गरेन भने कृपया आफ्ना नेटवर्क एड्मिनलाई सम्पर्क गरेर फायरवाल भएको नेटवर्कमार्फत Outline को सर्भरमा कनेक्ट गर्ने अनुमति माग्नुहोस्। तपाईंले Outline को सर्भरको IP एड्रेस र Outline चलिरहेकका पोर्टहरूका बारेमा थाहा पाउनु पर्ने हुन्छ। यी कुरासम्बन्धी जानकारी इन्स्टलेसन स्क्रिप्टको अन्त्यमा देखाइएको छ।

कुनै डिभाइसको फायरवालले तपाईंलाई ब्लक गरेको हुन सक्छ

तपाईंको डिभाइसमा असामान्य पोर्ट वा अज्ञात सफ्टवेयरका आउटगोइङ कनेक्सन ब्लक गर्ने सफ्टवेयर (जस्तै: CheckPoint को ZoneAlarm) इन्स्टल गरिएको छ भने कृपया आफ्नो डिभाइस वा सफ्टवेयरसम्बन्धी डकुमेन्ट हेरेर Outline का हकमा अपवाद लागू गर्ने तरिका सिक्नुहोस्।

कुनै सर्भरको फायरवालले तपाईंलाई ब्लक गरेको हुन सक्छ।

Outline चलिरहेका पोर्टहरू खोल्न तपाईंले रोज्नुभएको क्लाउड प्रदायकले तपाईंलाई तपाईंको सर्भरको फायरवालमा म्यानुअल रूपमा अपवाद लागू गर्न लगाउन सक्छ। तपाईंले इन्स्टलेसन स्क्रिप्ट चलाएपछि तपाईं तपाईंको सर्भरमा Outline ले प्रयोग गरिरहेका कुनै दुई वटा पोर्टहरू देख्नु हुने छ। यी दुई पोर्ट खोले समस्या समाधान हुन सक्छ।

तपाईंको सर्भरको फायरवालमा अपवाद लागू गर्न हामी तपाईंलाई 'ufw' र 'iptables' सम्बन्धी डकुमेन्ट हेर्न सिफारिस गर्छौँ: