Windows मा Outline क्लाइन्ट इन्स्टल गर्न किन सकिँदैन?
तपाईंले त्रुटिसम्बन्धी यो म्यासेज देख्ने सम्भावना हुन्छ: “माफ गर्नुहोस्, सही किसिमले Outline इन्स्टल गरिएको छैन जस्तो छ। कृपया यसलाई फेरि इन्स्टल गरी हेर्नुहोस्। यसो गर्दा पनि समस्या समाधान भएन भने कृपया प्रतिक्रिया पेस गर्नुहोस्।”
तपाईं Windows मा Outline प्रयोग गर्दै हुनुहुन्छ भने तपाईंले कहिलेकाहीँ अप्रत्याशित त्रुटिको सामना गर्नु पर्ने हुन सक्छ। धेरैजसो अवस्थामा Outline TAP एड्याप्टर (ड्राइभर) मेटाइनु पर्ने हुन्छ र Outline लाई पुनः इन्स्टल गरिनु पर्ने हुन्छ।
तपाईंको Windows अपरेटिङ सिस्टमको संस्करणका आधारमा चरणहरू फरक हुन पनि सक्छन् तर TAP एड्याप्टर र Outline अनइन्स्टल गर्ने र त्यसपछि Outline फेरि इन्स्टल गर्ने चरणहरूका बारेमा तल जानकारी दिइएको छ।
- Outline क्लाइन्टको TAP एड्याप्टर अनइन्स्टल गर्नुहोस्
- डिभाइस म्यानेजरमा जानुहोस्, त्यसपछि नेटवर्क एड्याप्टरहरूमा जानुहोस्
- TAP-Windows एड्याप्टर V9 फाइल वा Outline सँग सम्बन्धित TAP एड्याप्टर फेला पार्नुहोस्
- यो एड्याप्टर अनइन्स्टल गर्नुहोस् वा मेटाउनुहोस्। यसले तपाईंले इन्स्टल गरेका अन्य VPN एपहरूलाई असर गर्न सक्छ भन्ने कुरा ध्यानमा राख्नुहोस्।
- Outline क्लाइन्ट अनइन्स्टल गर्नुहोस्
- प्रोग्राम तथा सुविधाहरूमा जानुहोस्, त्यसपछि प्रोग्राम अनइन्स्टल गर्नुहोस्मा जानुहोस्
- Outline क्लाइन्ट एप फेला पार्नुहोस् र Outline क्लाइन्ट अनइन्स्टल गर्नुहोस्
- Outline क्लाइन्टको नवीनतम संस्करण डाउनलोड गर्नुहोस् र यसलाई आफ्नो Windows डिभाइसमा फेरि इन्स्टल गर्नुहोस्। नयाँ इन्स्टल गर्नाले स्वतः नयाँ TAP एड्याप्टर इन्स्टल गर्ने छ।
तपाईंलाई अझै पनि समस्या भइरहेको छ भने ग्राहक सेवा विभागमा सम्पर्क गर्नुहोस्।