शब्दावली
VPN भनेको के हो?
भर्चुअल प्राइभेट नेटवर्क (VPN) भनेको तपाईंका डिभाइस(हरू) र होस्ट सर्भरका बिचमा एउटा निजी कनेक्सन हो। तपाईंले VPN प्रयोग गर्दा तपाईंको ट्राफिक इन्टरनेट सेवा प्रदायकबाट लुकाइन्छ। तपाईं निम्न प्रयोजनहरूका लागि VPN प्रयोग गर्न सक्नुहुन्छ:
- सार्वजनिक रूपमा उपलब्ध Wi-Fi नेटवर्क प्रयोग गर्दा आफ्नो डेटा सुरक्षित राख्न
- तपाईंको इन्टरनेट सेवा प्रदायक र सरकारी निकायहरूलाई तपाईंको ब्राउजिङ डेटा एक्सेस गर्नबाट रोक्न
- विश्वभरिका विभिन्न स्रोतहरूमा उपलब्ध रहेका सेन्सर नगरिएका सामग्री हेर्न
सामान्य VPN र Outline का बिचमा के फरक छ?
इन्टरनेट सेवा प्रदायकहरूले सुरक्षासम्बन्धी सामान्य प्रोटोकल वा ट्राफिकको मात्राको प्याटर्न वा दुवै कुरा पहिचान गरी सामान्य VPN प्रयोग गरिँदै छ भन्ने कुरा सजिलैसँग पत्ता लगाउन र तिनलाई ब्लक गर्न सक्छ। तर Outline मा प्रयोग गरिने प्रोटोकल पत्ता लगाउन गाह्रो हुन्छ र यसलाई ब्लक गर्न झनै गाह्रो हुन्छ। त्यसैले Outline सामान्य VPN भन्दा अझ सुरक्षित छ। साथै, Outline मा नेटवर्कमा आधारित ब्लकिङ र IP ब्लकिङलगायतका जटिल खालका सेन्सरसिपको प्रभाव पर्दैन।
Outline सर्भर भनेको के हो?
Outline सर्भरमार्फत चलाइने VPN मा अनुमति दिइएका प्रयोगकर्ताहरू मात्र आफ्नो डिभाइस कनेक्ट गर्न सक्छन्। तपाईं नयाँ नेटवर्क बनाउँदै हुनुहुन्छ र तपाईंसँग आफ्नै सुरक्षित सर्भर छ भने तपाईं उक्त सर्भरलाई नै आफ्नो Outline सर्भरका रूपमा प्रयोग गर्न सक्नुहुन्छ वा तपाईं निम्नलगायतका कुनै क्लाउड सेवा प्रदायक प्रयोग गर्न सक्नुहुन्छ:
- DigitalOcean
- Google Cloud Platform (GCP)
- Amazon Web Services (AWS)
तपाईंले Outline म्यानेजरमा आफ्नो सर्भर सेटअप गर्नु पर्ने हुन्छ।
सेवा प्रबन्धक भनेको के हो?
सेवा प्रबन्धक भनेका Outline सर्भर सेटअप गर्ने तथा प्रयोगकर्ताहरूलाई एक्सेस कीहरू प्रदान गर्ने व्यक्ति हुन्। सर्भर प्रयोग गर्दा लागेको खर्च सामान्यतया सेवा प्रबन्धकले नै तिर्नु पर्ने हुन्छ।
एक्सेस की भनेको के हो?
कुनै विद्यमान Outline सर्भर एक्सेस गर्न र VPN मा कनेक्ट गर्न एक्सेस की प्रयोग गरिन्छ। सेवा प्रबन्धकले तपाईंलाई एक्सेस की प्रदान गर्नुहुन्छ वा तपाईं आफैOutline सर्भर सेटअप गर्न पनि सक्नुहुन्छ। एक्सेस की यस्तो हुन्छ (यो नमुना मात्र हो; यसले काम गर्दैन):
ss://[email protected]:39485/?outline=1
Outline Manager भनेको के हो?
Outline Manager भनेको सेवा प्रबन्धकलाई Outline सर्भर सेटअप गर्ने, एक्सेस कीहरू सिर्जना गर्ने र प्रत्येक कीका हकमा डेटाको प्रयोगमा सीमा तोक्ने सुविधा प्रदान गर्ने एउटा डेस्कटप एप हो। तपाईंयहाँ वायहाँ गएर Outline Manager को नवीनतम संस्करण डाउनलोड गर्न सक्नुहुन्छ।
Outline Client भनेको के हो?
Outline Client भनेको तपाईंलाई आफ्नो डिभाइस Outline सर्भरमा कनेक्ट गर्ने र एक्सेस की प्रयोग गरी VPN एक्सेस गर्ने सुविधा प्रदान गर्ने एउटा एप हो। यो एपको डेस्कटप र मोबाइल संस्करण उपलब्ध छ। तपाईंयहाँ वायहाँ गएर Outline Client को नवीनतम संस्करण डाउनलोड गर्न सक्नुहुन्छ।
डेटाको सीमा भनेको के हो?
Outline Manager ले अत्यधिक प्रयोग रोक्न र लागत नियन्त्रण गर्न सेवा प्रबन्धकहरूलाई एक्सेस कीमार्फत ३० दिनमा कति डेटा प्रयोग गर्न पाइन्छ भन्ने कुराको सीमा तोक्ने सुविधा प्रदान गर्छ। सेवा प्रबन्धकहरू प्रत्येक कीमा लागू हुने डिफल्ट सीमा तोक्न सक्छन्। साथै, उहाँहरू कुनै पनि कीमा सो डिफल्ट सीमाको साटो लागू हुने अर्को सीमा तोक्न पनि सक्छन्। सीमा तोकिसकिएपछि सो सीमा प्रति घण्टाका हिसाबले तुरुन्तै लागू हुन्छ।
सेवा प्रबन्धकहरूले Jigsaw सँग मेट्रिकहरू सेयर गर्ने सहमति जनाएका खण्डमा उहाँहरूले डेटाको सीमाको प्रयोगका बारेमा रिपोर्ट गर्ने तरिकासम्बन्धी विस्तृत जानकारी प्राप्त गर्नडेटाको सङ्कलनसम्बन्धी नीति हेर्नु पर्छ।