डेटा र जानकारीको सङ्कलन
तपाईंले डेटा उपलब्ध गराउने सेवामा अप्ट इन नगरेसम्म Outline ले व्यक्तिगत जानकारी सङ्कलन गर्दैन। Outline ले तपाईंले हेर्ने वेबसाइट वा तपाईंले कोसँग वा के कुरा गर्नुहुन्छ भन्ने जानकारी पनि सङ्कलन गर्दैन।
तपाईं Outline म्यानेजरमार्फत तेस्रो पक्षीय क्लाउड प्रदायकको खाता बनाउन वा सो खातामा लग इन गर्दै हुनुहुन्छ भने हामी तपाईंले सो क्लाउड प्रदायकलाई प्रदान गर्ने इमेल ठेगाना, नाम, बिलिङ जानकारी र भुक्तानी विवरणहरू जस्ता कुनै पनि जानकारी प्राप्त गर्दैनौँ।
हामीले स्वतः प्राप्त गर्ने जानकारी
हामी दुई प्रकारका जानकारी स्वतः सङ्कलन गर्छौं।
१. सर्भरको IP
Outline सर्भरको IP Quay.io मार्फत सङ्कलन गरिन्छ र सर्भरमा सुरक्षा र सुविधासम्बन्धी नयाँ सुधारहरू स्वतः अपडेट भएपछि सो IP हामीले प्रयोग गर्न मिल्ने बनाइन्छ। सर्भर IP ले क्लाउड सर्भर प्रदायक र Outline सर्भर सेटअप गरिएको सहरको पहिचान गर्न सक्छ तर यसले सर्भर कसले चलाइरहेको छ वा कसले प्रयोग गरिरहेको छ भन्ने जानकारी प्रदान गर्दैन।
२. व्यक्तिगत रूपमा पहिचान गराउन नसक्ने प्राविधिक जानकारी
Outline क्र्यास भयो वा घातक अपवाद देखियो वा तपाईंले Outline एपमार्फत म्यानुअल रूपमा प्रतिक्रिया पठाउनुभयो भने तल सूचीबद्ध जानकारी पठाइने छ। यो जानकारी स्थिरता वा पर्फर्मेन्ससम्बन्धी समस्याहरूको पहिचान र समाधान गर्नका लागि मात्र प्रयोग गरिने छ।
- देश
- भाषा
- क्र्यासको मिति र समय / अपवाद र प्रयोगकर्ताले 'बारेमा' खण्ड खोलेको अवस्था जस्ता पहिलेका बढीमा १०० घटनाहरू
- स्थिर रूपमा संकलन गरिएका अपवाद म्यासेजहरू
- OS को नाम र संस्करण
- फोनको मोडल (लागू भएमा)
- एपको सुरु हुने समय
- ब्राउजर
- आर्चिटेक्चर
- Outline को संस्करण र बिल्ड नम्बर
यो जानकारी HTTPS प्रयोग गरेर तेस्रो-पक्ष, खुला स्रोतको त्रुटि ट्र्याकिङ सेवा प्रदायक Sentry (sentry.io) मा ट्रान्स्फर गरिन्छ। Sentry ले अनाधिकृत एक्सेस, खुलासा, प्रयोग र हानिबाट तपाईंको डेटाको सुरक्षा गर्न विभिन्न प्रचलित प्रविधि र सेवाहरू प्रयोग गर्छ। तपाईंसँग Sentry का नीतिहरूसँग सम्बन्धित कुनै पनि प्रश्न छ भने कृपया https://sentry.io/security/ र https://sentry.io/privacy/ मा जानुहोस् वा [email protected] मा सम्पर्क गर्नुहोस्। Sentry ले भण्डारण गर्ने सबै Outline डेटा Outline टोलीका सदस्यहरूले मात्र हेर्न मिल्ने गरी भण्डारण गरिएको हुन्छ।
अप्ट इन गरेका खण्डमा मात्र हामीले प्राप्त गर्ने जानकारी
अप्ट-इन गरेपछि Outline ले Outline टोलीलाई निम्न जानकारी प्रदान गर्छ।
१. प्रयोगसम्बन्धी मेट्रिकहरू
Outline सर्भरले पछिल्लो एक घण्टामा र हरेक एक्सेस कीका आधारमा ट्रान्स्फर भएका बाइटको सङ्ख्या, कुनै प्रयोगकर्ता सर्भरमा कनेक्ट भएको समयावधि, प्रयोग गरिएका क्रिडेन्सियल जारी गरिएका देश तथा स्वचालित सिस्टम र कुनै पनि सुविधा अन वा अफ गरिएको छ कि छैन भन्ने जस्ता कुराहरू स्वतः सङ्कलन गर्छ। न त सञ्चारको सामग्री न कुनै व्यक्तिगत रूपमा पहिचान गर्न मिल्ने मेटाडेटा (जस्तै लगइन, इमेल ठेगाना, डिभाइसको ID, आदि) लग गरिन्छ। सबै मेट्रिकहरूमा सर्भरको ID उल्लेख गरिएको हुन्छ। सर्भर ID परिवर्तन गर्ने निर्देशनहरू यहाँ भेट्टाउन सकिन्छ।
डिफल्ट सेटिङअनुसार Outline सर्भरहरूले यी मेट्रिकहरू Outline टोलीसँग सेयर गर्दैनन्। सर्भरका एड्मिनले प्रयोगसम्बन्धी मेट्रिक सेयर गर्न स्पष्ट रूपमा अप्ट इन गरेको छ भने यो जानकारी प्रत्येक घण्टा Outline टोलीलाई सुरक्षित रूपमा पठाइने छ। ६० दिनपछि उपयोग मेट्रिक्स देशअनुसार भण्डारण गरिने छ। सर्भरका एड्मिनहरू कुनै पनि समय Outline म्यानेजरको 'सेटिङ' मेनुमा गई आफ्नो प्रयोगका मेट्रिक सेयर गर्ने प्राथमिकता परिवर्तन गर्न सक्छन्।
हामी तपाईंको आफ्नो सर्भर प्रयोगका बारेमा अज्ञात मेट्रिक हामीसँग सेयर गर्ने निर्णयको कदर गर्छौं, किनभने हामी प्रवृत्तिको मापन गर्ने र उत्पादनमा सुधार गर्ने काममा ती मेट्रिक प्रयोग गर्छौं।
उदाहरणका लागि, सर्भरका एड्मिनले हामीसँग प्रयोगसम्बन्धी मेट्रिक सेयर गर्ने सुविधामा अप्ट इन गरेका खण्डमा हामी डेटाको सीमा तय गर्ने सुविधा अन गरी संयुक्त राज्य अमेरिका र क्यानडामा प्रयोग गरिएको तीन वटा कीबाट सर्भर ID १२३४५ प्रयोग गरी कुल ५०० मेगाबाइट डेटा स्थानान्तरण गर्न हिजो ३ घण्टा सर्भर प्रयोग गरिएको थियो भन्ने जस्ता जानकारी प्राप्त गर्न सक्छौँ।
२. तपाईंले प्रतिक्रिया पेस गर्नुभयो भने तपाईंले गर्ने कमेन्ट र पठाउने इमेल
Outline Manager र Outline एपले तपाईंलाई टोलीलाई प्रतिक्रिया पेस गर्ने अनुमति दिन्छ। हामी व्यक्तिगत पहिचान खुलाउने जानकारी समावेश नगर्न सिफारिस गर्छौं तर तपाईं टोलीबाट जवाफ चाहनुहुन्छ भने इमेलको फिल्ड ऐच्छिक रूपमा उपलब्ध हुन्छ। हामी तपाईंको प्रतिक्रिया बुझ्न सकौँ भन्नका लागि हामी केही आधारभूत जानकारीहरू पनि स्वतः जम्मा गर्छौं। हामीले सङ्कलन गरेको डेटा हेर्नका लागि कृपया माथिको "हामीले स्वतः प्राप्त गर्ने जानकारी" अन्तर्गतको वस्तु २ हेर्नुहोस्। Outline को सुरक्षा र गोपनीयतासम्बन्धी अभ्यासहरूका बारेमा थप जान्न यहाँ जानुहोस्।
तपाईं Android मा Outline एपको बिटा संस्करण प्रयोग गर्दै हुनुहुन्छ भने हामी समस्याहरू पत्ता लगाउन र Outline मा सुधार गर्न मद्दत गर्न सक्ने डिबग प्रक्रियासम्बन्धी जानकारी सङ्कलन गर्न Google को Firebase सेवा प्रयोग गर्न सक्छौँ। तपाईंले Firebase को निम्न वेबसाइटमा गई Firebase को गोपनीयता र सुरक्षा नीतिहरूका बारेमा थप जान्न सक्नुहुन्छ: firebase.google.com/support/privacy। तपाईं Outline ले Firebase मार्फत यो जानकारी नपठाओस् भन्ने चाहनुहुन्छ भने कृपया एपको उत्पादन संस्करण प्रयोग गर्नुहोस्।