Outline प्रयोग गर्दा लागू हुने सुरक्षा र गोपनीयता
Outline प्रयोग गर्दा लागू हुने सुरक्षा र गोपनीयता
Outline ले तपाईंको अनलाइन सञ्चारको सुरक्षा गर्ने तरिका
इन्टरनेट ट्राफिक तपाईंको स्थानीय वा राष्ट्रिय नेटवर्कमार्फत ट्राभल गर्दा तपाईंको जासुसी हुने खतरा सबैभन्दा बढी हुन्छ।
Outline ले तपाईंको इन्टरनेट ट्राफिक तपाईंको राष्ट्रिय नेटवर्कबाट आउँदा र Outline सर्भरसम्म नपुगेसम्म इन्क्रिप्ट गरी तपाईंको सञ्चारलाई निजी राख्न मद्दत गर्छ। ट्राफिकलाई Outline मार्फत इन्क्रिप्ट गरिएको बेला जासुसहरू तपाईंले हेर्ने वेबसाइट वा तपाईंले ट्रान्स्फर गर्ने जानकारी हेर्न सक्दैनन्।
Outline ले तपाईंको देशमा उपलब्ध नभएका सुरक्षित एन्ड-टु-एन्ड सञ्चारसम्बन्धी टुलहरू प्रयोग गर्ने अवसर पनि प्रदान गर्न सक्छ।
इन्क्रिप्सनसम्बन्धी मापदण्डहरू
Outline ले AEAD 256-बिट Chacha2020 IETF Poly 1305 साइफर प्रयोग गरेर तपाईंको डिभाइस र आउटलाइन सर्भरबिचको सञ्चारलाई इन्क्रिप्ट गर्छ। AEAD सााइफरहरूले गोपनीयता, पूर्णता र आधिकारिकता प्रदान गर्छन् र यी साइफरले आधुनिक हार्डवेयरमा उत्कृष्ट काम गर्छन्।
सुरक्षासम्बन्धी अडिटहरू
२०१८ मा नवीनतम सुरक्षा मापदण्डहरूका आधारमा सफ्टवेयरको समीक्षा गर्ने दुई स्वतन्त्र डिजिटल सुरक्षा सङ्गठन Radically Open Security र Cure53 ले Outline को अडिट गरेका थिए। Radically Open Security ले २०२२ मा एउटा थप अडिट गर्यो भने Cure53 ले २०२४ मा Outline SDK को अडिट गरेको छ। तपाईं यहाँ गई रिपोर्टहरू पढ्न सक्नुहुन्छ:
- Radically Open Security Penetration Test Report (मार्च २०१८)
- Cure53 Pentest & Audit Report Jigsaw Outline (डिसेम्बर २०१८)
- Radically Open Security Penetration Test Report (डिसेम्बर २०२२)
- Cure53 Pentest Report Jigsaw Outline VPN SDK (जनवरी २०२४)
अज्ञात मेट्रिक र लगहरू
Outline ले प्रत्येक एक्सेस कीका हकमा "ट्रान्स्फर गरिएका बाइट" का रूपमा प्रयोग गरिने ब्यान्डविथ ट्र्याक गर्छ। यो जानकारीले सर्भरका एड्मिनहरूलाई आफ्नो क्लाउड सर्भर प्रदायकहरूबाट प्राप्त व्यान्डविथ सदस्यता आवश्यकताअनुसार मिलाउन दिन्छ तर उनीहरूलाई Outline सर्भरमार्फत प्रवाह भएको वास्तविक जानकारी भने हेर्न दिँदैन।
Outline ले गर्ने डेटा र जानकारी सङ्कलनका बारेमा थप जान्नुहोस्।
सुरक्षा र गोपनीयताका बारेमा प्रायः सोधिने प्रश्नहरू
Outline ले मलाई म अनलाइन हुँदा मेरो परिचय लुकाउन सक्छ?
सक्दैन, Outline परिचय लुकाउने कुनै टुल होइन। Outline ले नेटवर्कका सम्भाव्य जासुसहरूबाट तपाईंको गोपनीयताको सुरक्षा गर्छ।
Outline ले तपाईंलाई आफूले चलाउने वेबसाइटमा पूर्ण वेनामीपना प्रदान गर्दैन किनभने तपाईंले लग इन गर्दा वा कहिलेकाहीँ ब्राउजर फिंगरप्रिन्टिङ जस्ता प्रविधिबाट लग इन गर्दा तपाईंको पहिचान हुन सक्छ। मोबाइल एपहरूको सम्बन्धमा भन्नुपर्दा, प्रायजसो स्मार्ट फोनमा इम्बेड गरिएको GPS मा भर पर्ने र तपाईंको लोकेसन प्राप्त गर्न सक्ने API हरू हुन्छन्।
विशेष गरी इन्टरनेटमा हुने जासुसीबाट VPN हरूले सामान्यतया महत्त्वपूर्ण सुरक्षाहरू प्रदान गर्छन्, तर अनलाइनमा गर्दा जोखिम सधैँ नै हुन्छ। VPN को प्रयोग गरिए तापनि, कुनै ISP लाई तपाईंको IP एड्रेस थाहा छ र तपाईंको नेटवर्क ट्राफिक हेर्न सक्छ भने उक्त ISP ले तपाईंको Outline को सर्भरको IP एड्रेस पत्ता लगाउन सक्छ। यो जानकारी Outline को सर्भरको एक्सेस ब्लक गर्न वा तपाईं सामान्यतया अनलाइन हुँदा र सम्भवतः तपाईंको अनुमानित लोकेसन थाहा हुँदा जस्ता तपाईंले प्रयोग गर्ने तरिकाका बारेमा जान्न प्रयोग गर्न सकिन्छ।
कोही मान्छे म Outline प्रयोग गरिरहेको छु कि छैन भन्ने कुरा बताउन सक्छन्?
सम्भवतः सक्छन्। तपाईंले प्रयोग गर्ने प्लेटफर्म र सेवाहरूले तपाईंको कनेक्सन क्लाउड सर्भरबाट आउँदै छ भन्ने कुरा बताउन सक्ने सम्भावना हुन्छ। कहिलेकाहीँ, तिनीहरू तपाईं VPN प्रयोग गर्दै हुनुहुन्छ भनेर अनुमान गर्न सक्छन् र तिनीहरू तपाईंको इन्टरनेट ट्राफिकका सामग्रीहरू देख्न सक्ने छैनन्।
Outline ले मलाई सबै सम्भावित साइबर जोखिमबाट जोगाउँछ?
जोगाउँदैन। कुनै पनि टुलले तपाईंलाई सम्भावित सबै साइबर जोखिमबाट जोगाउँदैन। Outline ले तपाईंलाई खुला इन्टरनेट सेवा प्रदान गर्छ र तपाईंको ट्राफिक इन्क्रिप्ट गरेर तपाईंको गोपनीयता बढाउँछ तर हामी तपाईंलाई मालवेयर र फिसिङ जस्ता अन्य प्रकारका आक्रमणहरूबाट जोगाउन थप सावधानी अपनाउन सिफारिस गर्छौं।
आफ्नो अनलाइन प्रतिरक्षा प्रणाली बलियो बनाउन कृपया आफ्नो सङ्गठनको साइबर सुरक्षा विशेषज्ञसँग मिलेर काम गर्नुहोस्। अथवा, तपाईं Security Planner का प्रमुख सुरक्षा विशेषज्ञहरूबाट पर्सनलाइज गरिएको मार्गदर्शन प्राप्त गर्न सक्नुहुन्छ। यो वेबसाइट तपाईंको आवश्यकताअनुसारका सही साइबर सुरक्षा टुल छनौट गर्नेबारे स्पष्ट निर्देशनहरू प्रदान गर्न बनाइएको हो।
तपाईं Jigsaw का Intra, Project Shield र पासवर्ड अलर्ट जस्ता अन्य साइबर सुरक्षासम्बन्धी उत्पादनहरू पनि प्रयोग गरी हेर्न सक्नुहुन्छ।
VPN प्रयोग गर्नु कानुनी काम हो?
कृपया Outline चलाउनु वा एप प्रयोग गर्नुअघि क्लाउड प्रदायकका सन्दर्भमा आफ्नो क्षेत्रमा लागू हुने कानुन, नियमावली र सेवाका सर्तहरूको जाँच गर्नुहोस्।