Skip to main content

म एक्सेस कीहरूमा डेटाको सीमाहरू कसरी तय गर्न सक्छु?

तपाईं सबै एक्सेस कीहरूमा लागू हुने डेटाको सीमा तय गर्न सक्नुहुन्छ। सीमा तय गर्न Outline म्यानेजर खोल्नुहोस् र सेटिङमा जानुहोस्। तपाईं त्यहाँ "डेटाको सीमा" टगल देख्नु हुने छ र तपाईं यो टगल अन गरेर डेटाको सीमा तय गर्न सक्नुहुन्छ।

Data limits setting in Outline Manager

तपाईंले सीमा तय गरेपछि तपाईं एक्सेस कीको पेजमा गई हरेक प्रयोगकर्ताका हकमा कति डेटा बाँकी छ भन्ने जानकारी हेर्न सक्नुहुन्छ र एउटा बार ग्राफमा पछिल्ला ३० दिनमा प्रयोग गरिएको डेटा देखाइन्छ।

Outline Manager's Access Key page

तपाईं आफ्ना सबै एक्सेस कीहरूका हकमा सीमा तय गर्न सक्नुहुन्छ। यसका साथै, तपाईं हरेक कीका हकमा डेटाको छुट्टा छुट्टै सीमा तय गर्न पनि सक्नुहुन्छ। यो सेटिङले तपाईंले तय गरेका डेटाका सबै डिफल्ट सीमा ओभरराइड गर्ने छ तर तपाईंले डेटाको डिफल्ट सीमा तय गर्नुभएको छैन भने तपाईं अझै पनि जुनसुकै कीका हकमा डेटाको सीमा तय गर्न सक्नुहुन्छ।

कुनै कीका हकमा डेटाको ट्रान्स्फरसम्बन्धी सीमा तोक्न Outline म्यानेजर खोल्नुहोस्, त्यसपछि तपाईंले जुन कीका हकमा डेटाको सीमा तय गर्न चाहनुभएको हो सोही की समावेश गरिएको "कनेक्सन" ट्याबमा जानुहोस् अनि कीको रोको दायाँतिर रहेको मेनुमा क्लिक गर्नुहोस्। त्यहाँ भएको "डेटाको सीमा" मा क्लिक गर्नुहोस्। "मेरो एक्सेस की" मा डेटाको सीमा परिवर्तन गर्न डेटाको सीमा जनाउने आइकन निम्न कारणले गर्दा यो फोटो उपलब्ध छैन: तपाईंसँग यो फोटो हेर्नका निम्ति चाहिने विशेषाधिकारहरू छैनन् वा यो फोटो सिस्टमबाट हटाइएको छ मा क्लिक गर्नुहोस्।

Selecting the data limit setting icon for an individual access key

"डेटाको कस्टम सीमा तय गर्नुहोस्" चयन गर्नुहोस्। यो जाँच बाकस चयन गरेपछि त्यो कीमा कस्टम डेटा सीमा सेट गर्न सकिने एउटा फिल्ड देखा पर्ने छ। डेटा सीमा सेट गरिसकेपछि सेभ गर्ने बटनमा क्लिक गरेर सेभ गर्नुहोस्।

Setting a data limit for an individual access key

आफूले चाहेको कीमा आफ्नो डेटा ट्रान्स्फर सीमा सेभ गरिसकेपछि मुख्य स्क्रिनमा सो सीमासँगै हरेक कीले गरेको डेटाको प्रयोग (विगत ३० दिनको) पनि देखिने छ।

कुनै एक्सेस कीबाट डेटाको सीमा हटाउन पहिले जस्तै गरी "कीका हकमा डेटाको सीमा" डायलगमा जानुहोस्, "डेटाको कस्टम सीमा तय गर्नुहोस्" लेबल राखिएको बाकसमा लगाइएको चिन्ह हटाउनुहोस् अनि "सेभ गर्नुहोस्" बटनमा क्लिक गर्नुहोस्।

Removing the data limit on an individual access key

डेटाको सीमासम्बन्धी प्रायः सोधिने प्रश्नहरू

३० दिनमा आधारित डेटाको सीमा भनेको के हो?

३० दिनमा आधारित डेटाको सीमा विगत ३० दिनको अवधिमा हरेक कीले प्रयोग गरेको डेटाको योगफल निकाल्छ र यसकै आधारमा आगामी अवधिमा कीले कति डेटा प्रयोग गर्न पाउँछ भन्ने कुरा सीमित गर्छ। फलस्वरूप कीले ३० वा सोभन्दा कम दिन भएका महिनालगायतका सबै ३० दिने अवधिमा तोकिएको भन्दा बढी डेटा प्रयोग गर्न सक्दैन। व्यवहारिक रूपमा भन्नु पर्दा हरेक प्रयोगकर्ताका हकमा उपलब्ध हुने डेटा निजले ३१ दिनअघि प्रयोग गरेको मात्राअनुसार हरेक दिन बढ्दै जाने छ भन्ने अर्थ लाग्छ।

Outline ले विगतमा प्रयोग गरिएको डेटाका आधारमा तोकिने सीमा किन प्रयोग गर्छ?

विगतमा प्रयोग गरिएको डेटाका आधारमा तोकिने सीमाले हरेक ३० दिनसम्म कति डेटा प्राप्त हुन्छ भन्ने ग्यारेन्टी गर्छ। अर्थात्, यो सीमा पुनरावर्ती सीमाभन्दा अझ सरल तरिकाले कन्फिगर गर्न सकिन्छ (जस्तै, महिनाको कस्टमाइज गर्न मिल्ने कुनै दिन) र यसले पुनरावर्ती सीमाले दिने जस्तै ग्यारेन्टीहरू पनि दिन्छ। यी सीमाहरूले पुनरावर्ती सीमाले जस्तै गरी Outline डेटाको प्रयोगसम्बन्धी हालको जानकारी देखाउनका साथै एनालिटिक्स सेवा र सर्भरको तथ्याङ्क जस्ता सामान्य टुलहरू पनि प्रदान गर्छ।

डेटाको सीमामा कस्ता खालका डेटा समावेश हुन्छन्?

हरेक एक्सेस कीले सर्भरबाट बाहिर पठाएको डेटा पनि डेटाको यो सीमामा समावेश गरिन्छ। स्पष्ट रूपमा भन्नु पर्दा यसमा सर्भरबाट कीको तर्फबाट पठाइएको डेटाका साथै क्लाइन्टलाई फिर्ता पठाइएको डेटा समावेश हुन्छ। व्यावहारिक रूपमा, यसले कीबाट सर्भर आइजाइ गर्ने ट्राफिक दुरुस्त एलाइन गर्छ। त्यसैले हामी यो सेवा तपाईंका प्रयोगकर्ताहरूका हिसाबसँग मेल खान्छ भन्ने आशा गर्छौं। हामीले जुन क्लाउड प्रदायकका बारेमा सर्वेक्षण गरेका छौँ सो क्लाउड प्रदायकले यसको रकम लिने भएकाले हामीले सर्भरबाट बाहिर पठाइएको डेटा छनौट गरेका हौँ।

प्रयोगकर्ताहरूले तोकिएको भन्दा बढी डेटा प्रयोग गरेका खण्डमा उहाँहरूलाई सूचित गरिने छ?

अहिले सूचित गरिँदैन। थुप्रै क्लाउड प्रदायकहरूले एक महिनामा बढीमा १ टि.बि. डेटा प्रयोग गर्न पाइने सीमा प्रदान गर्छन् र यो सीमाअन्तर्गत १० जना प्रयोगकर्तालाई १०० जि.बि. डेटा वा १०० जना प्रयोगकर्तालाई १० जि.बि. डेटा प्रदान गर्न मिल्छ। यो सीमा ठूलो सीमा हो र हामीलाई धेरै प्रयोगकर्ताहरूले यो सीमाभन्दा बढी खपत गर्न सक्दैनन् जस्तो लाग्छ। हामी प्रयोगकर्ताहरू सीमामा पुग्दा उनीहरूले सर्भर व्यवस्थापकसँग सम्पर्क गर्ने छन् भन्ने आशा गर्छौं। तर नोटिफिकेसनहरूले तपाईंले डेटा प्रयोग गर्ने सन्दर्भमा कसरी मद्दत गर्न सक्छन् भन्ने बारेमा तपाईंले विश्लेषणात्मक जानकारी उपलब्ध गराउनुभयो भने हामी आभारी हुने छौँ र तपाईंयहाँ गई हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।

तोकिएको डेटा सकिनै लागेका खण्डमा प्रयोगकर्ताहरूलाई सूचित गरिने छ?

तोकिएको डेटा सकिनै लागेका प्रयोगकर्ताहरूलाई उनीहरूले ३० दिनअघि प्रयोग गरेका डेटाका आधारमा थप डेटा प्रदान गने हुनाले उनीहरूले प्राप्त गर्ने डेटाको परिमाण हरेक दिन फरक पर्न सक्ने छ। हामीलाई चेतावनीले प्रयोगकर्तालाई मद्दत गर्नुको साटो उल्टै अन्योलमा पार्न सक्छ जस्तो लाग्छ। तपाईंले यस सम्बन्धमायहाँ गएर प्रतिक्रिया दिनुभयो भने हामी आभारी हुने छौँ।

म कुनै प्रयोगकर्ताका हकमा डेटाको प्रयोग रिसेट गर्न सक्छु?

अहँ, प्रयोगकर्ताको सीमामा सधैँ विगत ३० दिनमा कति डेटा प्रयोग गरिएको छ भन्ने कुरा समावेश हुन्छ। तर तपाईं उहाँको कीका हकमा डेटाको सीमा बढाउन वा उहाँहरूका लागि नयाँ की बनाइदिन सक्नुहुन्छ।

मैले डेटाको सीमा लागू गर्ने बित्तिकै मेरा केही प्रयोगकर्ताहरूले किन एक्सेस गुमाए?

डेटाका सीमाहरू प्रयोगकर्ताले विगत ३० दिनमा ट्रान्स्फर गरेका डेटामा आधारित हुन्छन्। साथै, डेटाका सीमाहरू लागू गरिए नगरिए तापनि ट्रान्स्फर गरिएको डेटाको रेकर्ड राखिन्छ। सम्बन्धित प्रयोगकर्ताहरूले डेटाको सीमा तय गरिनुअघि नै तोकिएको भन्दा बढी डेटा प्रयोग गरिसकेका हुन सक्छन्। साथै एउटा कीका हकमा डेटाको सीमा परिवर्तन गर्दा पनि डेटाका सबै सीमाहरू लागू हुन्छन् भन्ने कुरा याद राख्नुहोस्।

म "हरेक ३० दिनमा १ टि.बि. डेटा प्रदान गरिन्छ" जस्तो पूरै सर्भरमा लागू हुने सीमा तय गर्न सक्छु?

अहिले सक्नुहुन्न। तपाईंयहाँ गई आफ्नो डेटाको प्रयोगका सम्बन्धमा थप जानकारी उपलब्ध गराउन सक्नुहुन्छ।

डेटाको डिफल्ट सीमा तय गरिएको छ र कुनै निश्चित कीमा डेटाको सीमा तय गरिएको छ भने कुन सीमा लागू गरिने छ?

तपाईंले डेटाको डिफल्ट सीमा तय गर्नुभएको छ भने निश्चित कीमा लागू गरिएको डेटाको सीमाले डेटाको यो डिफल्ट सीमालाई ओभरराइड गर्ने छ।

म डेटाको डिफल्ट सीमा तय नगरिकनै निश्चित कीमा डेटाको सीमा तय गर्न सक्छु?

अँ। एउटा कीमा डेटाको सीमा तोक्न तपाईंले डिफल्ट सीमा तोकिरहनु पर्दैन। उदाहरणका लागि, तपाईं तपाईंलाई व्यापक रूपमा सेयर गरिन सक्छ जस्तो लाग्ने कुनै एउटा कीमा सीमा तय गर्न सक्नुहुन्छ। तपाईंले यसो गर्नुभयो भने तपाईं उक्त कीमार्फत अत्याधिक डेटा ट्रान्स्फर गर्नबाट जोगिन सक्नुहुन्छ।