Skip to main content

Outline सर्भरको एक्सेस व्यवस्थापन गर्ने तरिका (एक्सेस की प्रयोग गरेर)

आफ्नो Outline सर्भर इन्स्टल गरिसकेपछि तपाईं अब त्यसमा मान्छेहरूलाई एक्सेस दिन र सो एक्सेस व्यवस्थापन गर्न थाल्न सक्नुहुन्छ। तपाईंबाट निम्तो प्राप्त गर्ने मान्छेहरू आफ्नो इन्टरनेट ट्राफिक सुरक्षित राख्ने प्रयोजनका लागि Outline प्रयोग गर्न Outline एप डाउनलोड गर्न सक्ने छन्।

आफ्नो Outline सर्भरको एक्सेस सेयर गर्ने तरिका

तपाईंले Outline सर्भर इन्स्टल गरिसकेपछि तपाईंलाई Outline म्यानेजरमा भएको "सर्भरसम्बन्धी विवरणहरू" पेजमा लगिने छ र तपाईं त्यहाँ एक्सेस कीहरू बनाउन सक्नुहुन्छ। एक्सेस कीका बारेमा थप जान्नुहोस्।

  • की बनाउने तरिका: नयाँ कीहरू बनाउन पेजको पुछारमा भएको सानो "+" आइकनमा क्लिक गर्नुहोस्।
  • की सेयर गर्ने तरिका: प्रत्येक कीको दाँयातिर तपाईंले निम्तो प्राप्त गर्न क्लिक गर्न सक्ने एउटा सेयर आइकन हुन्छ। यो निम्तो कपी गरी आफ्नो मन पर्ने म्यासेजिङ एपमा पेस्ट गर्नुहोस्।

सुविधासम्बन्धी अनुरोध: Outline म्यानेजर एपभित्रैबाट एक्सेस सेयर गर्ने तरिका

धेरै सर्भर एड्मिनिस्ट्रेटरहरूले हामीलाई कसैको इमेल ठेगाना सीधै Outline म्यानेजरमा हाल्ने विकल्प दिएर निम्तो गर्ने प्रक्रियालाई सुव्यवस्थित गर्न लगाउँछन्।

दुर्भाग्यवश, हामीले Outline म्यानेजरमा यो सुविधा उपलब्ध गराउन सम्भव हुँदैन। हाम्रा मुख्य सिद्धान्तहरूमध्ये एक भनेको हाम्रा प्रयोगकर्ताहरूको गोपनीयता र सुरक्षा कायम हो। यसको अर्थ हामीले इमेल ठेगाना वा सम्पर्क जानकारी हाल्ने कुनै ठाउँ डिजाइन गरेका छैनौं भन्ने हुन्छ।

त्यसैले हामी सर्भर एड्मिनिस्ट्रेटरहरूलाई प्रयोगकर्तालाई निम्तो पठाउन इमेल वा सुरक्षित च्याट जस्ता सुरक्षित म्यासेजिङ प्लेटफर्म प्रयोग गर्न लगाउँछौँ।

तपाईंले प्रयोगकर्ताहरूसँग एक्सेस की सेयर गरेपछि उनीहरूले के गर्नु पर्छ

  1. प्रयोगकर्ताले आफ्नो डिभाइसबाट इन्स्टलेसन लिंकमा क्लिक गर्ने छन्
  2. प्रयोगकर्तासँग Outline छैन भने निजलाई Outline एप इन्स्टल गर्न लगाइने छ।
  3. निजले निम्तोमा इम्बेड भएको अद्वितीय कीमार्फत तपाईंको Outline सर्भरमा प्रारम्भिक कनेक्सन इन्स्टल गर्ने छन्
  4. प्रयोगकर्ता अब "कनेक्ट गर्नुहोस्/डिस्कनेक्ट गर्नुहोस्" बटन प्रयोग गरी तपाईंको Outline सर्भरमार्फत इन्टरनेटको एक्सेस व्यवस्थापन गर्न सक्छन्

आफ्नो Outline सर्भरको एक्सेस हटाउने तरिका

Outline म्यानेजरमा भएको "सर्भरसम्बन्धी विवरणहरू" पेजमा गएपछि तपाईं सर्भरमा रहेको प्रत्येक कीको दायाँतिर उक्त की मेटाउने विकल्प भएको मेनु देख्नु हुने छ। तपाईंले की मेटाउनुभयो भने प्रयोगकर्तासँग भएको तपाईंको सर्भरको एक्सेस हट्ने छ।