Skip to main content

म आफ्नो Outline सर्भर कसरी मेटाउन सक्छु?

धेरैजसो क्लाउड प्रदायकहरूको सन्दर्भमा प्रयोग भइरहेको निश्चित भर्चुअल मेसिन हटाउने काम एकदमै सजिलो हुन्छ।

तपाईं आफ्नो क्लाउड प्रदायकका रूपमा DigitalOcean प्रयोग गर्दै हुनुहुन्छ भने तपाईं गियर बटनमा क्लिक गर्न अनि "सर्भर नष्ट गर्नुहोस्" चयन गरेर आफ्नो हालको भर्चुअल मेसिन मेटाउन सक्नुहुन्छ। यसलगत्तै तपाईंलाई आफ्नो रोजाइको लोकेसनमा नयाँ भर्चुअल मेसिन बनाउन लगाइने छ।

तपाईंले Outline सर्भर हटाउनुभयो भने उक्त सर्भर सदाका लागि मेटिने छ र त्यसका एक्सेस कीहरूले काम गर्न छाड्ने छन्। तपाईं प्रयोगकर्ताहरूले Outline मार्फत सेवा एक्सेस गर्दा अवरोध नआहोस् भन्ने चाहनुहुन्न भने तपाईंले पुरानो सर्भर मेटाउनुअघि नयाँ Outline सर्भर सेट अप गर्नु पर्ने हुन्छ र त्यसको एक्सेस दिनु पर्ने हुन्छ।