म कसरी एक्सेस की प्राप्त गर्न सक्छु?
Outline एक्सेस खरिद गर्नु पर्ने VPN सेवाहरू जस्तो सेवा होइन; यो तपाईंलाई निजी VPN सर्भर चलाउन र त्यसको एक्सेस सेयर गर्न दिने टुल हो। सेवा प्रबन्धक एक्सेस की उपलब्ध गराउन सक्ने एक मात्र व्यक्ति हुन्। Outline टोलीले निःशुल्क वा सशुल्क एक्सेस की वितरण गर्दैन। फारसी Paskoocheh बाहेक हाम्रा Outline एक्सेस कीका अन्य कुनै पनि आधिकारिक साझेदार छैनन्।
एक्सेस की प्राप्त गर्ने तीन वटा विकल्प यहाँ दिइएका छन्:
- कुनै व्यक्तिलाई उहाँको सर्भरमा सामेल हुने निम्तो पठाउन लगाउनुहोस्: तपाईं Outline सर्भर प्रयोग गर्ने कुनै व्यक्तिलाई चिन्नुहुन्छ भने उहाँलाई सम्पर्क गरी एक्सेस की माग्नुहोस्।
- आफैँ सर्भर बनाउनुहोस्: Windows, Mac वा Linux कम्प्युटर प्रयोग गरी Outline Manager डाउनलोड गर्नुहोस् र आफ्नै निजी Outline सर्भर सेटअप गर्नुहोस्। हामीले यो प्रक्रिया जो कोहीले पनि पूरा गर्न सक्ने गरी सजिलो बनाएका छौँ, विशेष गरी क्लाउड सेवा प्रदायक DigitalOcean मार्फत यो प्रक्रिया सजिलैसँग पूरा गर्न सकिन्छ।
- Outline वा Shadowsocks को कुनै सेवा प्रयोग गर्नुहोस्: Outline वा Shadowsocks प्रोटोकल पालना गर्ने तेस्रो पक्षका सेवाहरूबाट पनि Outline क्लाइन्ट प्रयोग गर्न सकिन्छ। उदाहरणका लागि:
- nthLink ले Outline क्लाइन्टको परिष्कृत संस्करण प्रयोग गरी Outline मा आधारित निःशुल्क सेवा सञ्चालन गर्छ।
- ASL19 ले Outline को BeePass का साथै Telegram बट नामक परिष्कृत संस्करण सञ्चालन गर्छ, उक्त संस्करणले BeePass सर्भरहरू प्रयोग गर्न निःशुल्क एक्सेस कीहरू उपलब्ध गराउँछ।
- फारसी भाषा बोल्ने प्रयोगकर्ताहरू ASL19’s Paskoocheh मा गएर पनि Outline एक्सेस की माग्न सक्छन्।
Outline Client एप डाउनलोड गरिसकेपछि Outline सर्भरमा कनेक्ट गर्न एक्सेस की कपी गरी Outline Client मा पेस्ट गर्नुहोस्।