Outline सर्भरमा कनेक्ट डिभाइस गर्ने तरिका
Outline सर्भरमा कनेक्ट डिभाइस गर्ने तरिका
तपाईंको डिभाइस Outline सर्भरमा कनेक्ट गर्न सर्भरको एड्मिनले तपाईंलाई एउटा अद्वितीय एक्सेस कीमार्फत आफ्नो सर्भरमा कनेक्ट गर्ने निम्तो पठाउनु पर्छ। यो निम्तोले निम्न काम गर्ने छ:
- तपाईंको डिभाइसमा Outline छैन भने Outline डाउनलोड र इन्स्टल गर्न लगाउने छ
- तपाईं र Outline सर्भरबिचको कनेक्सन सुरक्षित बनाउन एक्सेस की प्रयोग गर्ने छ
तपाईंले सर्भरमा कनेक्सन गरिसकेपछि तपाईं Outline प्रयोग गर्न "कनेक्ट गर्नुहोस्" वा "डिस्कनेक्ट गर्नुहोस्" विकल्पमा क्लिक गर्न सक्नुहुन्छ।
महत्त्वपूर्ण जानकारी: Outline ले एक्सेस की र Outline सर्भर नभई काम गर्दैन। तपाईंले आफूसँग की नभइकन Outline एप डाउनलोड गरी इन्स्टल गर्नुभयो भने तपाईंको इन्टरनेट ट्राफिक सुरक्षित हुँदैन।