Outline प्रयोग गर्न कति शुल्क लाग्छ?
तपाईं VPN व्यवस्थापन गर्ने सर्भर एड्मिन होस् वा खुला इन्टरनेट एक्सेस गर्ने Outline प्रयोगकर्ता होस् Outline सफ्टवेयर सबै जनाका लागि निःशुल्क रूपमा उपलब्ध छ।
तर Outline चलाउन क्लाउड सर्भरको एक्सेस चाहिन्छ। सर्भरको एक्सेस पाइसकेका सर्भर एड्मिनहरू अतिरिक्त शुल्क नतिरिकन Outline इन्स्टल गर्न सक्छन्। सर्भरको एक्सेस नभएका व्यक्ति DigitalOcean वा Amazon Web Services जस्ता क्लाउड सेवा प्रदायकबाट एक्सेस प्राप्त गर्न सक्छन्। यो सेवा प्रयोग गर्न हरेक महिना लगभग ५ अमेरिकी डलर तिर्नु पर्छ र यसबापत १ टेराबाइट बराबरको डेटा ट्रान्स्फर गर्न मिल्छ। यति खर्च गरेपछि एउटै सर्भरमा सयौं प्रयोगकर्ताहरूलाई यो सुविधा प्रदान गर्न सकिन्छ।
आफ्नो रोजाइको क्लाउड प्रदायकमार्फत Outline चलाउन कति शुल्क लाग्छ भन्ने निर्धारण गर्न तल एउटा उदाहरण दिइएको छ:
| मानिलिऊँ हरेक प्रयोगकर्ताले मासिक रूपमा ५ गिगाबाइट डेटा ट्रान्स्फर गर्छ। यस अवस्थामा, प्रति महिना ५ अमेरिकी डलर तिर्नु पर्ने योजना खरिद गरेबापत एकै पटक लगभग २०० जना प्रयोगकर्तालाई सेवा प्रदान गर्नका निम्ति प्रति प्रयोगकर्ताले मात्र २.५ सेन्ट तिर्नु पर्ने हुन्छ। हरेक प्रयोगकर्ताले हरेक महिना कति डेटा ट्रान्स्फर गर्छ भन्ने कुरा प्रयोगकर्ताहरूले कति ब्यान्डविथ प्रयोग गर्छन् भन्ने कुरामा भर पर्छ तर अधिकांश क्लाउड प्रदायकहरू ट्राफिकमा भएको वृद्धिअनुसार सेवा समायोजन गर्छन्। |
|---|
वास्तवमा, Jigsaw र Google मार्फत Outline प्रयोग गर्दा प्रयोगकर्ताको पहिचान पटक्कै खुलाइँदैन। हामी तपाईंको पहिचान वा ट्राफिक ट्र्याक गर्दैनौं र मनिटाइज गर्ने कुनै पनि योजना बनाइएको छैन। यसको सट्टा, हामी हाम्रा प्रयोगकर्ताहरूलाई निःशुल्क सफ्टवेयर उपलब्ध गराउन सकौँ भन्नका लागि खुला स्रोत समुदायसँग सहकार्य गर्छौं। हामीले सङ्कलन गर्ने जानकारीका बारेमा थप जान्न यहाँ जानुहोस्।