Google क्लाउडको स्वचालित सेटअप
संक्षिप्त जानकारी
Outline म्यानेजरमा तपाईंलाई Google क्लाउडमा सञ्चालन भइरहेको सर्भरमा Outline सर्भर स्वतः कन्फिगर गर्न अनुमति दिने सुविधा समावेश हुन्छ। तपाईंले यो सुविधा प्रयोग गर्नुभयो भने Outline म्यानेजरले तपाईंलाई तपाईंको Google खातामार्फत साइन इन गर्न लगाउने छ। यसले तपाईंको Google क्लाउड खाता कन्फिगर गर्ने प्रयोजनका लागि तपाईंको सिस्टममा इन्स्टल गरिएको Outline म्यानेजरलाई OAuth सम्बन्धी निश्चित अनुमतिहरू प्रदान गर्छ।
तपाईं यी अनुमतिहरू प्रदान गर्न चाहनुहुन्न भने तपाईं Google क्लाउड प्लेटफर्ममा Outline प्रयोग गर्न Outline म्यानेजरमा दिइएका सेटअपसम्बन्धी उन्नत निर्देशनहरू पालना गर्न सक्नुहुन्छ।
यी अनुमतिहरू प्रदान गरिएका छन्
स्वचालित सेटअप प्रदान गर्न Outline म्यानेजरलाई तपाईंको Google खाताबाट निम्न अनुमति चाहिन्छ।
Google क्लाउड प्लेटफर्म
- तपाईंको Google कम्प्युट इन्जिनका स्रोतहरू हेर्ने र व्यवस्थापन गर्ने
- Google क्लाउडका विभिन्न सेवाहरूमा भएको तपाईंको जानकारी हेर्ने तथा तपाईंको Google खाताको इमेल ठेगाना हेर्ने
खातासम्बन्धी आधारभूत जानकारी
- तपाईंको Google खाताको मुख्य इमेल ठेगाना हेर्ने
- तपाईंलाई Google मा उपलब्ध तपाईंको व्यक्तिगत जानकारीसँग लिंक गर्ने
अतिरिक्त एक्सेस
- तपाईंको क्लाउड प्लेटफर्मका प्रोजेक्टहरू व्यवस्थापन गर्ने
- तपाईंको Google Cloud प्लेटफर्मका बिलिङ खाताहरू हेर्ने र व्यवस्थापन गर्ने
- तपाईंको Google API सेवा कन्फिगुरेसनको व्यवस्थापन गर्ने
यी अनुमतिले हामीलाई तपाईंका Outline सर्भरहरूको व्यवस्थापन गर्नका लागि निम्ननलगयतका उन्नत कार्यक्षमता उपलब्ध गराउने अनुमति दिन्छन्:
- तपाईंलाई सही बिलिङ खाता चयन गर्न अनुमति दिने
- आफ्नो Outline सर्भरहरू व्यवस्थित गर्न नयाँ परियोजना बनाउने
- उपलब्ध डेटा केन्द्रहरू सूचीबद्ध गर्ने
- Outline चलाउन नयाँ भर्चुअल मेसिनहरू सिर्जना गर्ने
- Outline मार्फत नयाँ भर्चुअल मेसिन कन्फिगर गर्ने
अनुमति रद्द गर्ने तरिका
तपाईं मेरो खाता मा गई Outline म्यानेजरलाई दिइएको Google क्लाउड प्लेटफर्मको एक्सेस रद्द गर्न सक्नुहुन्छ। तपाईंले अनुमति रद्द गर्नुभयो भने तपाईंले स्वतः सेटअपमार्फत बनाएका सबै सर्भर चलिरहने छन्, तर Outline म्यानेजरमा देखिन छाड्ने छन्। एक्सेस रिस्टोर गर्न स्वचालित सेटअप प्रक्रिया सुरु गरेर Google क्लाउड प्लेटफर्ममा फेरि कनेक्ट गरे पुग्छ।
Outline प्रोजेक्टको व्यवस्थापन
Google क्लाउडको स्वचालित सेटअपले तपाईंका Outline सर्भरहरू व्यवस्थित गर्न Google क्लाउड प्रोजेक्ट प्रयोग गर्छ। स्वचालित सेटअपको पहिलो प्रयोगको अवधिमा परियोजा सिर्जना गरिन्छ। यो परियोजनामा "Outline-" बाट सुरु भएर अनियमित वर्णहरूमा अन्त्य हुने स्ट्रिङसहित सुझाव गरिएको परियोजना ID हुन्छ। इच्छा भएमा तपाईं सिर्जनाको समयमा अर्कै परियोजना ID छनौट गर्न सक्नुहुन्छ। प्रोजेक्टको नाम "Outline सर्भरहरू" राखिने छ।
बिलिङ खाता
Google क्लाउड प्रोजेक्टहरू एक्सेस गर्न भुक्तानीसम्बन्धी जानकारी उपलब्ध गराइएको "बिलिङ खाता" चाहिन्छ। तपाईंले पहिलो पटक Google क्लाउडको स्वचालित सेटअप प्रयोग गर्दा तपाईंलाई आफ्नो Outline सर्भरहरूसँग सम्बद्ध गर्न बिलिङ खाता उपलब्ध गराउन लगाइने छ। बिलिङ खातामा समस्या भएमा कहिलेकाहीँ सर्भर चल्न बन्द हुने छ। यस अवस्थामा, तपाईंले Google क्लाउड कन्सोलमा लगइन गरेर Outline सँग सम्बन्धित "Outline सर्भरहरू" नामक Google क्लाउड प्रोजेक्ट भेट्टाउनु पर्छ र बिलिङसम्बन्धी सेटिङ परिवर्तन गर्नु पर्छ।
सर्भरहरू नष्ट गर्ने तरिका
तपाईं स्वचालित सेटअप प्रयोग गरेर बनाइएका आफ्ना सर्भरहरू नष्ट गर्न चाहनुहुन्छ भने यो कार्य Outline म्यानेजरभित्रबाटै गर्न सबैभन्दा सजिलो हुन्छ। तर तपाईं सर्भरहरू आफै नष्ट गर्न चाहनुहुन्छ भने तपाईं Google क्लाउड कन्सोलमा लगइन गरेर प्रारम्भिक सेटअपका क्रममा बनाइएको "Outline सर्भरहरू" नामक प्रोजेक्ट भेट्टाउन अनि कि त्यहाँ भएका स्रोतहरू मेटाउन कि त प्रोजेक्ट बन्द गर्न पनि सक्नुहुन्छ।