एकभन्दा बढी Outline सर्भर सेट अप गर्ने तरिका
अतिरिक्त Outline सर्भरहरू सेटअप गर्न Outline म्यानेजर एपको बायाँपट्टिको नेभिगेसन प्यानलमा रहेको "+" आइकनमा क्लिक गर्नुहोस्। तपाईंले पहिलो सर्भर हाल्दा जुन विधि अपनाउनुभएको थियो त्यही विधि अपनाई नयाँ सर्भर हाल्न सकिन्छ।
- हामीले तपाईंले सिर्जना गर्न सक्ने Outline सर्भरहरूको सङ्ख्यामा सीमा तोकेका छैनौँ।
- तपाईंले जति वटा Outline सर्भर बनाउनु हुन्छ तपाईंसँग त्यति वटै भर्चुअल मेसिन हुनु पर्छ।
- तपाईंले थप मेशिन वा ड्रपलेट बनाउनु भयो भने तपाईंले क्लाउड प्रदायकलाई तिर्ने शुल्क बढ्न सक्छ। के गर्दा के हुन्छ भन्ने कुरा जान्न आफ्नो क्लाउड प्रदायकले लिने शुल्कको विवरण हेर्नुहोस्।
DigitalOcean मा अतिरिक्त Outline सर्भर बनाउने तरिका
- आइकनमा क्लिक गरेपछि र "DigitalOcean मा इन्स्टल गर्नुहोस्" छनौट गरेपछि तपाईंले आफ्नो पहिलो सर्भर सेटअप गर्न जुन निर्देशनहरू पालना गर्नुभएको थियो सोही निर्देशनहरू पालना गर्नु पर्छ। त्यस्तै, Outline म्यानेजर DigitalOcean मै समावेश हुने भएकाले हामी तपाईंले Outline म्यानेजर एपबाट बाहिर निस्कन नलगाइकन ड्रपलेट बनाइदिन सक्छौँ।
Outline म्यानेजरमा एक पटकमा एउटा DigitalOcean खाता मात्र प्रयोग गर्न मिल्छ भन्ने कुरा बुझ्नुहोस्। तपाईं अन्य DigitalOcean खाताबाट अन्य Outline सर्भर हाल्न वा बनाउन चाहनुहुन्छ भने तपाईं तिनलाई उन्नत कन्फिगुरेसनका रूपमा हाल्न सक्नुहुन्छ।
GCP, AWS, वा अन्य क्लाउड सेवा प्रदायकमा अतिरिक्त Outline सर्भर बनाउने तरिका
सुरु गर्न आफूले रोजेको क्लाउड प्रदायकमार्फत नयाँ भर्चुअल मेसिन बनाउनुहोस्। त्यसपछि Outline म्यानेजर खोल्नुहोस् र पहिलो पटक इन्स्टलेसन गरे जस्तै गरी उन्नत इन्स्टलेसनका निर्देशनहरूको पालना गर्नुहोस्।