Skip to main content

Outline सर्भर सेटअपका सम्बन्धमा प्रायः सोधिने प्रश्नहरू

म सर्भरविनै Outline प्रयोग गर्न सक्छु त?

दुर्भाग्यवश, सक्नुहुन्न। Outline सफ्टवेयरलाई तपाईं, तपाईंको संस्था वा कुनै विश्वसनीय तेस्रो पक्षले व्यवस्थापन गरेको सर्भर एक्सेस गर्ने अनुमति चाहिन्छ।

एउटा Outline सर्भर सेटअप गर्न कति समय लाग्छ?

धेरैजसो अवस्थामा ५ मिनेटभन्दा कम समय लाग्छ। तपाईं जुनसुकै क्लाउड सर्भरमा Outline इन्स्टल गर्न सक्नुहुन्छ तर हामीले अझै प्रयोगकर्ता-मैत्री, निर्देशनसहितको इन्टलेसन सेवा प्रदान गर्न DigitalOcean सँग सहकार्य गरेको हुनाले तपाईं केही क्लिकमै आफ्नो सर्भर सेटअप गर्न सक्नुहुन्छ—कुनै स्क्रिप्ट चलाउनु पर्दैन।

तपाईंले AWS, GCP वा उन्नत सेटअप छान्नुभएको छ भने हामीले सर्भर इन्स्टलेसन प्रक्रियालाई सरलीकृत गरी अधिकांश प्लेटफर्ममा काम गर्ने एउटै स्क्रिप्ट बनाएका छौँ।

म Outline सर्भर कहाँ सेट अप गर्न सक्छु?

तपाईं सबै ठाउँका लगभग सबैजसो क्लाउड सेवा प्रदायकको सिस्टममा Outline सर्भर सेटअप गर्न सक्नुहुन्छ।

एम्स्टर्डम, टोरन्टो, सान फ्रान्सिस्को र सिंगापुर जस्ता धेरै स्थानमा DigitalOcean का सर्भरहरू भएका हुनाले DigitalOcean मा सर्भर सेटअप गर्दा सबैभन्दा सहज हुन्छ। तपाईं अर्को क्लाउड सेवा प्रदायकको सिस्टम वा आफ्नै पूर्वाधारमा इन्स्टल गर्न चाहनुहुन्छ भने तपाईं Outline म्यानेजर एपमा 'उन्नत मोड' छनौट गरेर सेटअप स्क्रिप्ट प्रयोग गरी इन्स्टलेसन निर्देशनको पालना गर्न सक्नुहुन्छ।

मैले आफ्नो Outline सर्भर कहाँ सेट अप गर्नु पर्छ?

  1. आफ्नो Outline सर्भरको स्थान चयन गर्दा तपाईंले विचार पुर्‍याउनु पर्ने केही कुराहरू तल दिइएका छन्:
  2. Outline सर्भर रहेको स्थानले इन्टरनेटको समग्र गुणस्तरमा असर गर्छ। उदाहरणका लागि, सर्भर एम्स्टर्डममा अवस्थित छ भने यो सर्भर प्रयोग गर्ने प्रयोगकर्ताले भौतिक रूपमा नेदरल्याण्डमै बसेर इन्टरनेट चलाए जस्तो अनुभव प्राप्त गर्ने छन्। केही वेबसाइटहरूमा डच भाषामै सामग्री देखिन पनि सक्छ। सामान्यतया, तपाईं वेबसाइटमा भाषा सेलेक्टर प्रयोग गरेर स्थानीय भाषाको सट्टा अर्को भाषा छनौट गर्न सक्नुहुन्छ।
  3. तपाईंका प्रयोगकर्ता र Outline सर्भरबिचको दूरीले इन्टरनेटको गतिलाई असर गर्न सक्छ। सामान्यतया, Outline प्रयोगकर्ता र सर्भरबिचको भौतिक दूरीले प्रयोगकर्ताहरूको इन्टरनेटको गतिलाई असर गर्न सक्छ। धेरैजसो अवस्थामा, तपाईं आफ्ना प्रयोगकर्ता भएको स्थानदेखि सबैभन्दा नजिक रहेको सर्भर लोकेसन छनौट गर्न सक्नुहुन्छ तर तपाईं आफ्नो देश वा क्षेत्रसँग कुन-कुन इन्टरनेट केबलहरू कनेक्ट भएका छन् भन्ने कुरा थाह पाउन सबमरिन केबल म्याप हेर्न सक्नुहुन्छ।
  4. तपाईंको VPN सर्भर अवस्थित भएको ठाउँअनुसार कानुनी व्यवस्था पनि फरक पर्न सक्छ। कृपया Outline सफ्टवेयरले तपाईंको ट्राफिकको रेकर्ड राख्दैन भन्ने कुरा बुझ्नुहोस्। Outline प्रयोग गर्दा लागू हुने सुरक्षा र गोपनीयताका बारेमा थप जान्नुहोस्।